विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत २२ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ, जसबाट २ लाख ३८ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन्।

‘समुदाय-प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ भन्ने नाराका साथ प्रदेश प्रहरीले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

सचेतनामूलक कार्यक्रमका मुख्य विषयहरू:

  • महिला हिंसा न्यूनीकरण
  • लागूऔषध विरुद्ध जनचेतना
  • ट्राफिक नियम तथा सडक सुरक्षा
  • साइबर अपराध / विद्युतीय अपराध
  • आत्महत्या न्यूनीकरण
  • मानव बेचबिखन तथा ओसारपसार
  • घरेलु हिंसा, लैङ्गिक हिंसा, जातीय छुवाछुत, बहुविवाह, बालविवाह
  • बालबालिकामाथि हुने शारीरिक तथा मानसिक यातना
  • प्राकृतिक प्रकोप र अन्य कानूनी प्रावधानहरू
जिल्लागत कार्यक्रम संख्या (आ.व. २०८१/०८२):
  • खोटाङ: ४,१५५
  • इलाम: ३,५७९
  • सुनसरी: २,१३५
  • सोलुखुम्बु: २,१११
  • भोजपुर: १,९१७
  • झापा: १,५९८
  • धनकुटा: १,२६०
  • ओखलढुंगा: १,१०७
  • उदयपुर: ८२४
  • संखुवासभा: ७७२
  • ताप्लेजुङ: ७३६
  • मोरङ: ७०५
  • तेह्रथुम: ६०६
  • पाँचथर: ६०१

यी कार्यक्रमहरू स्थानीय पालिका, विभिन्न संघसंस्था र विद्यालयहरूसँगको समन्वय र सहकार्यमा सुगमदेखि दुर्गम क्षेत्रसम्म सञ्चालन गरिएको थियो। कोशी प्रदेश प्रहरीले अपराधमुक्त समाज निर्माणका लागि ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूमा सुरक्षा चेतना र कानूनी ज्ञान फैलाउन निरन्तर सक्रिय रहेको जनाएको छ।

28
Shares
१२ श्रावण २०८२, सोमबार १६:०४