बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा हुने एसियाली खेलकुदअघि आयोजना हुने राष्ट्रिय खेलकुदको तयारी थाल्न निर्देशन दिएका हुन्।
उनले प्रतियोगिताको मिति र स्थान राम्रोसँग अध्ययन गरेर मात्र निर्णय गर्न र एकपटक निर्णय गरेपछि परिवर्तन नगर्न पनि आग्रह गरे। परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिए।छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टंकलाल घिसिङ लगायतको सहभागिता थियो।