काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट एउटै परिवारका १६ जना बेपत्ता भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।

गोलन्जोर गाउँपालिका-६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा बस्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि बेपत्ता भएको सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई दिएका थिए।

सोही सूचनाका आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ। हायुको घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेका कुखुरा, बाख्रा, भैँसी अलपत्र अवस्थामा पाइएको छ। तर हायु परिवारका कोही सदस्य पनि घरमा छैनन्।’

स्थानीय जनप्रतिनिधि लगायत गाउँलेसँग उनीहरूको बारेमा बुझ्ने काम भइरहेको उनले बताए।

35
Shares
१२ श्रावण २०८२, सोमबार १५:५०