गत मंसिर २० गते विशेष अदालतले उक्त मुद्दाको फैसला सुनाए पनि हालै सार्वजनिक पूर्णपाठमा लेखिएको छ, ‘उक्त खरिद प्रक्रियामा सामेल रहेका केही पदाधिकारीको हकमा पनि आरोपदाबी लिइएको देखिन आउँदैन । यसरी एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्नेजस्तो चयनमुखी दृष्टिकोण अवलम्बन गरिएको देखिन्छ । चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ । यस्तो कामले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ ।’
यसै विषयमा आइतबार राष्ट्रिय सभा बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद कमला पन्तले पनि कुरा उठाएकी छन् । उनले अख्तियार प्रमुख राईमाथि महाअभियोग लगाउन मागसमेत गरिन् ।अख्तियार प्रमुख राईविरुद्ध महाभियोग लगाउन माग
काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिद सम्बन्धी मुद्दाको फैसलामा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि प्रश्न उठाएपछि यो विषय अहिले चर्चामा छ ।