उदयपुर साइक्लिङ अर्गनाइजेसन, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागितामा उक्त क्षेत्रको सरसफाइ गरिएको हो।
गाईघाटलाई राम्ररी नियाल्न सकिने यो डाँडा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति रहने गर्दछ। ूआफ्नो ठाउँ सफा राखौंू भन्ने नाराका साथ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो सरसफाइ अभियान चलाइएको हो।उदयपुर साइक्लिङ अर्गनाइजेसनले सामाजिक उत्तरदायित्व बहन गर्दै स्थानीय सरोकारवालाहरूसँगको समन्वयमा यो कार्यक्रम आयोजना गरेको थियो।
सरसफाइले यस क्षेत्रको सौन्दर्यलाई अझ बढाउनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुगेको सहभागीहरूले बताएका छन्।