दुबै टिम सुपर-४ मा पुगेमा २१ सेप्टेम्बरमा अर्को खेल हुन सक्ने सम्भावना रहेको छ। एशियाकप २०२५ को आयोजनाको जिम्मा भारतलाई मिलेको थियो। तर भारत-पाकबिच खराब सम्बन्धका कारण यो प्रतियोगिता न्युट्रल भेन्युमा खेल्न लागिएको हो।
पाकिस्तानले भारतीय भूमिमा कुनै पनि हालतमा नखेल्ने बताएको थियो। यसअघि भारतले पनि पाकिस्तानमा आयोजना भएका प्रतियोगिताहरुमा आफ्ना खेल न्युट्रल भेन्युमा खेल्दै आएको छ। एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष मोहसिन नकवीले प्रतियोगोगिताका बारेमा जानकारी दिँदै प्रतियोगिता टी-२० फर्म्याटका आधारमा हुने जानकारी दिए। नकवी पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष समेत हुन्।उनले प्रतियोगिताबारे जानकारी दिँदै भने ‘मलाइ यो जानकारी दिन पाउँदा निकै खुसी लागेको छ की एसीसी मेन्स एसियाकप २०२५ युएइमा आयोजना हुँदै छ। यो महत्वपूर्ण प्रतियोगिता ९ देखी २८ सेप्टेम्बरसम्म आयोजना हुने छ।’ कुल ८ राष्ट्र सहभागी रहेको प्रतियोगितामा समूह ए मा भारत,पाकिस्तान, युएई र ओमान रहँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र हङकङ रहेका छन्।
एसीयाकपको सुरुवात १९८४ मा भएको थियो। अहिले सम्म यो प्रतियोगिता १६ पटक भएको छ। भारतले यो प्रतियोगिता सर्वाधिक ८ पटक जित्दा श्रीलंकाले ६ र पाकिस्तानले २ पटक जितेको छ।