यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ वर्षीय कुमार बस्नेतलाई उनको कोठाबाट ५ सय ७६ ट्याब्लेट स्पास्मो प्रोक्सिवनसहित पक्राउ गरेको छ।
मोरङतर्फ, इलाका प्रहरी कार्यालय उर्लाबारीले रतुवामाई नगरपालिका-६ का २९ वर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय विराटनगरले भने विराटनगर महानगरपालिका-९ का ३३ वर्षीय विकास कुमार साहलाई ३७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।लागू औषधसहित पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।