विराटनगर । महानगरपालिकाको गोग्राहा चोकमा अब विराट अटोमोबाइलको भव्य नयाँ शोरुम सञ्चालनमा आएको छ। कोशी राजमार्गमै अवस्थित यो शोरुमले अटोमोबाइलका पारखीहरूलाई सहज र एकै ठाउँमा सम्पूर्ण सेवाहरू उपलब्ध गराउने भएको छ।

विराट अटोमोबाइलले केवल गाडी बिक्री मात्र नभई, उपभोक्तालाई उच्चस्तरीय बिक्रीपछिको सेवा दिने लक्ष्यका साथ आफ्नै अत्याधुनिक वर्कशप पनि सञ्चालनमा ल्याएको छ। यसले गर्दा सवारी साधन खरिद गर्ने ग्राहकहरूले मर्मतसम्भारका लागि अन्त कतै भौंतारिनु पर्ने छैन।

विराट अटोमोबाइलको वर्कशप विराटनगरकै कञ्चनबारीस्थित शिव प्लाजा अटो सर्भिसमा रहेको छ। प्रोपाइटर दीपक पोद्दारका अनुसार यो वर्कशपमा सवारी साधनहरूको मर्मत तथा स्याहारका लागि चाहिने डेन्टिङ, पेन्टिङ, इन्जिन रिपेयरिङ लगायतका सबै खाले सेवाहरू उपलब्ध छन्। “हाम्रो वर्कशपमा सबै प्रकारका ब्रान्ड र मोडलका गाडीहरूको मर्मत सम्भार उच्च गुणस्तरका साथ गरिन्छ,” पोद्दारले भने।

कम्पनीले रिकन्डिसन सेवा पनि सुरु गरेको छ। प्रयोग भइसकेका तर राम्रो अवस्थामा रहेका सवारी साधनहरूको खरिद-बिक्री सहज बनाउन यो सेवा सञ्चालन गरिएको हो। अझ ग्राहकहरूको सुविधाका लागि, कम्पनीको रिकन्डिसन हाउसमा EMI (किस्ताबन्दी) को सुविधा पनि उपलब्ध छ। यसले गर्दा कम बजेट भएका ग्राहकहरूलाई पनि आफ्ना सपनाका गाडी किन्न सहज हुने अपेक्षा गरिएको छ।

विराट अटोमोबाइलले विराटनगर र आसपासका क्षेत्रका अटोमोबाइल उपभोक्ताहरूलाई एकै छानामुनि सम्पूर्ण बिक्री र बिक्रीपछिका सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो नयाँ पहलले यस क्षेत्रको अटोमोबाइल बजारमा नयाँ उत्साह थपेको छ।
63
Shares
९ श्रावण २०८२, शुक्रबार १३:०७