नेकपा एमालेको साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो। एमालेले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क प्रस्तुत गरेको छ।
यद्यपि, पूर्वराष्ट्रपति भण्डारीले भने राजनीतिमा सहभागी हुन पाउनु आफ्नो संवैधानिक हक भएको बताउँदै आएकी छन्। उनले एमालेको यस निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारी गरेकी छिन्। यसका लागि उनले देशव्यापी राजनीतिक अभियान चलाउने तयारी गरेको बताइएको छ। पत्रकार सम्मेलनमा उनले यस अभियानको विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ।पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने तयारीबारे धारणा सार्वजनिक गर्दै
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछिन्। उनी निकट स्रोतका अनुसार, पत्रकार सम्मेलनको मुख्य उद्देश्य एमालेले उनलाई पार्टी राजनीतिमा फर्कन रोक लगाएको र पार्टी सदस्यतासमेत खारेज गरेको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नु रहेको छ।