साउन ७ गते विशेष सूचनाका आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ वर्षीया देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी, झापाको मेचीनगर-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।यता, सुनसरीको इनरुवा-४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ वर्षीय साजन श्रेष्ठ र २३ वर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।