घाइते भएका उनीहरूलाई तत्काल इनरुवा अस्पताल लगिएकोमा उपचारका क्रममा नन्द कुमार चौधरीको मृत्यु भएको हो। श्रवण चौधरीलाई भने थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ।
झापाको गौरादह नगरपालिका-७ की ७७ वर्षीया तेज कुमारी उप्रेतीलाई आफ्नै गाईगोठमा कुटी काट्ने क्रममा अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको थियो।करेन्ट लागेर झापा र सुनसरीमा २ जनाको मृत्यु
विराटनगर । झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ। सुनसरीको इनरुवा नगरपालिका-३ मा निर्माणाधीन घरको छत ढलानका लागि फलामको डन्डी मिलाउने क्रममा नाङ्गो तारमा छुन पुग्दा बर्जु-६ का ३५ वर्षीय नन्द कुमार चौधरी र गढी गाउँपालिका-३ का ३२ वर्षीय श्रवण चौधरीलाई करेन्ट लागेको थियो।