साउन ७ गते बिहान जग्गाको विषयलाई लिएर भएको वादविवादमा रियाजले आफ्ना ६० वर्षीय बुबा सबिब अंसारीलाई शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते सबिबलाई तत्काल विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
घटनामा संलग्न रियाज अंसारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ।जग्गा विवादमा बुबाको हत्या: छोरा पक्राउ
सुनसरी। जग्गासम्बन्धी विवादमा आफ्नै बुबाको हत्या गरेको आरोपमा सुनसरीको देवानगन्ज गाउँपालिका-३ का ४० वर्षीय मोहम्मद रियाज अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।