सदस्यसचिव घिसिङले ई स्पोर्ट्समा नेपालको सम्भावना राम्रो रहेको बताउँदै टोलीलाई विजेता बनेर आउन शुभकामना दिए। यस्तै, संघका अध्यक्ष धमलाले अन्तर्राष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
टोलीमा को-को छन्?- खेलाडीहरू: आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ, र आयुष लामा।
- म्यानेजर: उमेश बुढा थापा
- अफिसियलहरू: सञ्जन गौतम र नवराम श्रेष्ठ
यो प्रतियोगिता साउदी अरबमा जुलाई २५ देखि अगस्ट २३ सम्म सञ्चालन हुनेछ। होर ई स्पोर्ट्स काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थान हासिल गर्दै विश्वकपका लागि छनोट भएको थियो। करिब ४१ करोड रुपैयाँ कुल पुरस्कार राशि रहेको यस प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ।