विराटनगर । विराटनगरमा मंगलबार सम्पन्न साधारण सभाबाट चिनाकाजी थापा मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा निर्विरोध चयन भएका छन्। थापाको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

समिति पदाधिकारीहरुको विवरण:

  • अध्यक्ष: चिनाकाजी थापा
  • उपाध्यक्ष: प्रेमबहादुर खड्का
  • सचिव: ध्रुवकुमार प्रधान
  • कोषाध्यक्ष: प्रमोदकुमार श्रेष्ठ
  • सदस्यहरू: दीपेन्द्र थापा, शुभाशिष कोइराला, ज्योतिप्रसाद पौडेल, परशुराम निरौला, र प्रवित राजवंशी
यो तदर्थ समिति नेपाल भारोत्तोलन संघका केन्द्रीय प्रतिनिधि अशोक शाहीको अध्यक्षता र मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य श्री डिल्लीराम डाँगीको उपस्थितिमा चयन गरिएको हो।
49
Shares
६ श्रावण २०८२, मंगलवार १६:११