गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइएको र शव बीपी प्रतिष्ठानमै रहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर कामदारको मृत्यु
विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीमा रहेको महादेव क्रसरमा ‘वेल्डिङ’ गर्ने क्रममा करेन्ट लागेर ३५ वर्षीय मंगल चेपाङको मृत्यु भएको छ । मोरङका अनुसार गोरखाको गण्डकी गाउँपालिका घर भएका चेपाङलाई सोमबार राति १० बजेतिर अचानक करेन्ट लागेको थियो ।