विराटनगर । एक जना १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका ती बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् ।

कस्पतालका अनुसार गत असार १७ गते भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी कैंची निकालिएको हो । शल्यक्रिया पछि बालक घर फर्किएका छन् ।

टेलिभिजन हेर्दै गर्दा खेलाइरहेको कैंची बालकले निलेका थिए । आफन्तले स्थानीय अस्पतालमा लगे पनि त्यहाँबाट अन्यत्र लैजान भनिएको थियो । त्यसपछि नोबेलमा लाइएको हो । नोबेलका डा. अमित भट्टराई र डा. दिनेश अधिकारी सहितको टोलीले शल्यक्रिया गरी कैंची निकालेको हो ।
21
Shares
४ श्रावण २०८२, आईतवार १४:३५