विराटनगर । शनिबार अपराह्नदेखिको अविरल वर्षापछि पूर्वका विभिन्न जिल्लाको नदी, खोलामा बाढी आएको छ । कतिपय स्थानमा पहिरो झरेर सडक अवरुद्ध बनेको छ ।

भारी वर्षासँगै पूर्व क्षेत्रका नदीमा बाढी आएको छ । झापाको कन्काई, मोरङ, सुनसरीमा रहेका सेउती, केसलिया, बुढी खोलालगायत नदीमा बाढी आएको छ । पानी अझै पर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

पहिरो झरेर इलामको सन्दकपुर क्षेत्रमा माईखोला नजिक रहेको पुलमा क्षति पुगेको छ । त्यहाँ सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

पहाडी क्षेत्रमा भारी वर्षा भएका कारण नदीहरुले जलसतह सतर्कता तह आसपास रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

21
Shares
४ श्रावण २०८२, आईतवार ०९:५७