बाढी र पहिरोका कारण कारण तमोर करिडोर पनि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाँउपालिका – ९ मा पहिरो गएका का सडक अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्ग र रवि–दमक सडक खण्ड पनि अवरुद्ध भएको छ ।
मेची राजमार्ग अवरुद्ध
विराटनगर । बाढीले हेवा खाेलाको डाइभर्सनमा क्षति पुर्याउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । पाँचथरको हेवा खोलाको डाइभर्सन भत्काएपछि मेची राजमार्ग अवरूद्ध भएको हो । यसअघि सोही स्थानमा निर्माण भएको बेलीब्रीज भाँचिएको थियो । राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।