महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्चमा पुनरावेदनका लागि निवेदन पेश गरेको हो । भोलि पुनरावेदन दर्ता हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
पहिलो संविधानसभा चुनावको अघिल्लो रात २०६४ चैत २७ गते रौतहटमा भएको बम विस्फोट र त्यसमा परेर घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोप लागेका आलमसहित चार जनालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गएको जेठ १४ गते सफाइ दिएको थियो ।यो फैसलाविरुद्द चौतर्फी आलोचना भइरहेको छ । फैसला सुनाउने उच्च अदालतका दुई न्यायाधीशलाई सर्वोच्चमा झिकाएर न्याय परिषदले अनुसन्धान गरिरहेको छ ।