काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार काण्डहरूको छानबिनको माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाउँदैछ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, दिउँसो १ बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टीको टोली टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ।

असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार, प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

श्रेष्ठले भने, ‘हामी भ्रष्टाचारका सबै काण्डहरूको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रियालाई तीव्रता दिन, आयोगको ध्यानाकर्षण गराउन र दबाब दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौँ। राप्रपाले भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित आयोगसमक्ष ज्ञापनपत्र पेश गर्नेछ।’
7
Shares
२ श्रावण २०८२, शुक्रबार १२:०८