काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डले गएको आर्थिक वर्ष २०८१/०८२ मा विदेशमा अलपत्र परेका ७० वटा शव नेपाल ल्याएको छ।
मन्त्रालयका अनुसार विभिन्न देशमा मृत्यु भएका वैदेशिक रोजगारीमा गएका नेपालीहरूको ती अलपत्र शव नेपाल ल्याइएका हुन्। अलपत्र शवबाहेक बोर्डले १ हजार १६० वटा शवको ढुवानी गरेर नेपाल ल्याएको पनि जनाएको छ।गत वर्ष वैदेशिक रोजगार बोर्डले एक जना श्रमिकको विदेशबाट उद्धार समेत गरेको छ।