काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सय रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य २ हजार २ सय ६५ रुपैयाँ थियो।