काठमाडौं । हाल नेपालमा मनसुनी वायु र भारतको उत्तर प्रदेश नजिकैको न्यून चापीय क्षेत्रको प्रभाव छ। यसले गर्दा देशभर आंशिकदेखि सामान्य बदली छ, र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ।
आज दिउँसो:
- देशभर बदली, केही ठाउँमा हल्कादेखि मध्यम वर्षा।
- कोशी, बागमती, गण्डकी, र कर्णालीमा एक–दुई ठाउँमा भारी वर्षा।
- उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात।
- लुम्बिनी र सुदूरपश्चिमको तराईमा हावाहुरीको सम्भावना।
आज राति:
- देशभर बदली, कोशी र मधेस प्रदेशलगायत पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा।
- उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात।
- कोशी, बागमती, गण्डकी, र कर्णालीमा एक–दुई ठाउँमा भारी वर्षा।
सतर्कता: भारी वर्षाले बाढी, पहिरो, भूक्षय, र तराईमा डुबानको जोखिम छ। सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।