प्रकाश दाजु निरोज चापागाईंसँग ससुराली घर गएका थिए । त्यही बखत सूर्योदय–१, का ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
स्थानीय काजी तामाङको घरमा भएको झगडाका क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीको भनाइ छ । हतियार प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो ।उनका दाजु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेकाले उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ । घटनापछि शेर्पालाई प्रहरीले पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।