पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार समर्थन फिर्ता लिने निर्णय भएको हो । फिर्ताकाे निर्णय अघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुसँग जसपाका नेताहरुले भेटवार्ता गरेका थिए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाकाे निर्णय
काठमाडौं । सरकारसँग असन्तुष्ट रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे छ । बुधबार बसेको संसदीय दलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे ।