विराटनगर । बालबालिकाको स्वास्थ्य परीक्षण र उपचारका लागि प्रसिद्ध आर. के चिल्ड्रेन्स हस्पिटलले आफ्नो अत्याधुनिक प्रविधि र उपकरणमार्फत् सेवा दिंदै आएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारामा रहेको आर. के चिल्ड्रेन्स हस्पिटल प्रा. लि. ले चौबीसै घण्टा सेवा दिने गरेको छ ।

आरके हस्पिटलमा बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म ओपीडी सेवा सञ्चालन हुने गरेको छ ।

यसमा आपतकालीन र फार्मेसी सेवा पनि छ भने गम्भीर प्रकृतिका बिरामीका लागि पीआइसियु, एनआइसियु, भेन्टिलेटर जस्ता सुविधा पनि उपलब्ध रहेको हस्पिटलले जनाएको छ ।

पछिल्लो विकसित उपकरणहरुका साथ अत्याधुनिक प्रविधिबाट बाल चिकित्सा हेरचाह गर्दै आएको यो हस्पिटलले नवजात शिशुदेखि त्यसभन्दा माथि उमेरका बालबालिकाको उपचार गर्दै आएको छ ।

आफ्नो भरपर्दो उपचारका कारण धेरै अभिभावकको मन जित्दै आएको यो हस्पिटलले विभिन्न विशेषज्ञहरु मार्फत् सेवा उपलब्ध गराउँदै आएको छ ।

हस्पिटल प्रशासनले जनाए अनुसार इमर्जेन्सी सेवा चौबीसै घण्टा उपलब्ध छन् । फार्मेसी सेवा पनि चौबीसै घण्टा सञ्चालन हुने भएकाले कुनै पनि बेला आवश्यक परेका औषधि र अन्य सामग्री लिन सकिने जनाइएको छ ।

यो हस्पिटलमा डिजिटल एक्सरे, कम्प्युटरराइज्ड प्रयोगशाला सेवा पनि उपलब्ध छ । प्रयोगशालाबाट पनि चौबीसै घण्टा सेवा दिने व्यवस्था रहेको जनाइएको छ ।

हस्पिटलमा विशेष बाल वार्डको सुविधा हुनुका साथै इको, दन्त परीक्षण र उपचार सेवा, ईईजी सेवा अनि क्याबिन डिलक्सको सुविधा पनि रहेको हस्पिटल प्रशासनले जानकारी दिएको छ ।

77
Shares
३२ असार २०८२, बुधबार १४:४०