नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको उनले उल्लेख गरे । सडकहरू गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको उनले बताए ।
नेपालले पेट्रोल डिजेलमा अर्बौं रूपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरू सञ्चालन गर्नेकुरा राम्रो भएको श्रेष्ठको भनाइ छ ।‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रूपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपमेन्टहरू मैले देखेको छु’ उनले भने ।