विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० थियो । चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ थियो ।
7
Shares
३२ असार २०८२, बुधबार १४:१३