झापा । झापाको दमकमा भएको दुर्घटनामा वृद्धको मृत्यु भएको छ । दमक नगरपालिका–१० का ७७ वर्षीय देवबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई पैदल हिँडिरहेका बेला असार २९ गते दमक–१० को जहदा टोलमा मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई सुरुमा दमकको निम्स अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो ।

उपचाररत अवस्थामै परिवारका सदस्यले घर फर्काएर लगेका थिए । अवस्था गम्भीर बन्दै गएपछि दमक अस्पतालमा भर्ना गरिएको तर मंगलबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक तेह्रथमको म्याङलुङ घर भइ दमक–१० मा बस्ने १६ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

14
Shares
३२ असार २०८२, बुधबार १४:११