एकै आर्थिक वर्षमा सम्पूर्ण जिल्ला पूर्ण खोप अभियानमा सफल, बालबालिकाको स्वास्थ्यमा ऐतिहासिक उपलब्धि

काठमाडौँ, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलालीले सोमबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि अब नेपालका सबै जिल्लामा पूर्ण खोप घोषणा सम्पन्न भएको छ। यो पहिलो पटक एकै आर्थिक वर्षमा सम्पूर्ण जिल्लाले पूर्ण खोप घोषणा गरेका छन्, जुन बालबालिकाको स्वास्थ्य सुरक्षातर्फको ठूलो सफलता मानिएको छ।

अभियान अन्तर्गत दुई वर्षमुनिका बालबालिकालाई १५ महिनाभित्र ९ प्रकारका खोप दिइन्छ, जसले १३ प्रकारका रोगबाट जोगाउँछ। यो कार्य स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानीय जनप्रतिनिधि, अभिभावक र समुदायको सक्रिय सहयोग तथा प्रतिबद्धताबाट सफल भएको हो।

स्वास्थ्य मन्त्रालयको पहलमा सञ्चालन भएको यस अभियानमा विश्व स्वास्थ्य सङ्गठन (WHO), युनिसेफ, गाभी लगायतका साझेदार संस्थाहरूको सहयोग रहेको छ। यो उपलब्धिले भविष्यमा बाल स्वास्थ्यमा सुधार ल्याउनुका साथै अरू क्षेत्रमा पनि प्रेरणा दिने विश्वास लिइएको छ।

7
Shares
३१ असार २०८२, मंगलवार १२:२२