उक्त फिल्ममा बरालसँगै प्रकाश सपुत, अन्जना बराइली, बुद्धि तामाङ, मुकुन भुसाल लगायतको अभिनय रहेको थियो । फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन् ।
त्यसैगरी वर्षको उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासनासिंह ठकुरीले पाइन् । उनले अशोक थापा मगरको निर्देशनमा रहेको खुस्मा फिल्मबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् ।सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् । चलचित्र विकास बोर्डले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको छ ।