नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुनको मूल्य तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ । आइतबार प्रतितोला १ लाख ९२ हजार ९ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले बढेको हो । आइतबार तोलाको २ हजार २ सय ८५ रूपैयाँ रहेको चाँदी सोमबार प्रतितोला २ हजार ३ सय १५ रूपैयाँ पुगेको छ ।बढ्यो सुन-चाँदी दुवैको मूल्य
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।