विराटनगर । जंगली हात्तीको आक्रमणबाट आइतबार  मोरङको  बेलबारी नगरपालिका–८ बाँसबारीकी अन्दाजी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी खेतमा पानी लगाउन गएका बेला हात्तीले अमिनालाई आक्रमण गरेको खुलेको छ । अमिना गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो ।

बिहान ८:४० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् । स्थानीयले होहल्ला गर्न थालेपछि हात्ती जंगलतिर लागेको थियो ।

28
Shares
२९ असार २०८२, आईतवार ११:१३