झापाको कन्काई नगरपालिकाका भूमिहीन र अव्यवस्थित बसोवासीहरूलाई लालपूर्जा वितरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले लामो समयदेखिको भूमि समस्यालाई कानुनी र व्यवहारिक रूपमै समाधान गर्न सरकार दत्तचित्त रहेको बताए ।
कन्काई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा भूमि समस्या समाधान आयोगले तयार पारेका कन्काई नगर क्षेत्रका २ सय भूमिहीन र अव्यवस्थित बसोबासी परिवारलाई लालपूर्जा वितरण गरिएको थियो ।भूमि अध्यादेश छिट्टै पारित हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थासम्बन्धी अध्यादेश अब छिट्टै कानुनका रूपमा संसद्बाट पारित हुने दाबी गरेका छन् ।