ओलीले जनसङ्ख्या र विकास सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए। जनसङ्ख्याबिना देशको अस्तित्व नै नरहने भन्दै मानव जातिको अस्तित्व बचाउन व्यावहारिक नीति आवश्यक रहेको बताए। उनले जनसङ्ख्याका विषयमा सेमिनार र गोष्ठी मात्र होइन, सार्थक नीति र कार्यान्वयन जरुरी रहेको उल्लेख गर्दै जनसङ्ख्यामा असन्तुलन हुन नदिन सचेत रहनुपर्ने चेतावनी पनि दिए।
प्रधानमन्त्री ओलीको सुझाव: ‘३० वर्ष नपुग्दै ३ सन्तान’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा समयमै विवाह गरेर ३० वर्ष नपुग्दै तीन सन्तान पाउन आग्रह गरेका छन्। उनले सरकारको २० वर्षपछि विवाह गर्न सकिने कानुनी व्यवस्था उल्लेख गर्दै ढिलो नगरी सन्तान उत्पादनमा लाग्नुपर्ने बताए। “४० कटेपछि रमाउँला भन्ने गीतमा अल्मलिनु हुँदैन,” भन्दै उनले ढिलाइका कारण सन्तान नै नपाउने स्थिति आउन सक्ने चिन्ता व्यक्त गरे।