काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको बैठक बोलाएका छन्। बैठक आज बिहान ८ बजेदेखि कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै केही नेताहरूमाथि कारबाही गरेपछि सो विषयमा छलफल गर्न कोइरालाले बैठक आह्वान गरेका हुन्।

बुधबार पार्टीको केन्द्रीय अनुशासन समितिले निकालेको कारबाहीको सूचीमा अधिकांश शेखर समूहका नेता परेका थिए। पार्टीको कारबाहीमा परेपछि शेखर समूह क्रुद्ध बनेको छ। बैठकले पार्टीभित्रको पछिल्लो अवस्था र कारबाहीपछि कस्तो रणनीति अपनाउने भन्नेबारे छलफल भइरहेको बुझिएको छ। 
28
Shares
२६ असार २०८२, बिहीबार ११:०८