अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि कारागार चलान भएका उनको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि असार १२ गते अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा मृत्यु भएका पालविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । मुद्दाको फैसला नहुँदै उनको मृत्यु भएको हो ।जिल्ला कारागार मोरङका एक जना बन्दीको मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङका १ जना बन्दीको बुधबार साँझ मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दाका बन्दी विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए ।