काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पनि कुनै समय अमेरिकामा भिजिट भिसामा गएका थिए भन्ने सुनेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामिछानेको अमेरिका यात्रा कुन प्रकारको भिसामा भएको हो भन्नेबारे संसदलाई जानकारी गराउन अनुरोध गरे।

“रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे। यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो?” मन्त्री लेखकले प्रश्न गरे।

उनले भिजिट भिसामा गएर उतैको नागरिकता लिनेहरू नैतिकताको पाठ पढाउन उपयुक्त नहुने टिप्पणीसमेत गरे। “भिजिट भिसामा जाने पार्टीका नेताका कार्यकर्ताले अरूलाई नैतिकताको पाठ पढाउन उपयुक्त हुन्छ कि हुँदैन?” उनले भने।

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको हालैको विदेश भ्रमणमा सहभागी हुनेहरूको नाम मन्त्रिपरिषद्को निर्णयबाट तय भएको र पूर्व जानकारी दिइसकिएको स्पष्ट गरे।

साथै भ्रमणमा गएकामध्ये को–को नफर्किए भनेर सिधै जानकारी दिन सांसदहरूलाई आग्रह गर्दै उनले अडकलबाजीमा आधारित असत्य प्रचार नगरिदिन अनुरोध गरे।

14
Shares
२५ असार २०८२, बुधबार १४:४८