काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले आफ्नो तीन महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभाको अर्थ समितिमा बुधबार बोल्दै तामाङले हालै रसुवागढीमा आएको बाढीका पीडितहरूका लागि राहत र पुनः निर्माणमा सहयोग पुग्ने उद्देश्यले यो निर्णय गरेको बताए।
सांसद तामाङले कोषमा रकम जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाइसकेको जानकारी समितिलाई दिएका छन्।
रसुवागढी क्षेत्रमा मङ्गलवार आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। तामाङको यो योगदानलाई राहत र पुनः निर्माणमा थोरै भए पनि सहयोग हुने अपेक्षा गरिएको छ।