जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी ससुराको हत्या गरेर फरार रहेका ज्वाइँ बेचन महासेठ पक्राउ परेका छन्।

धनुषाको जनकपुरधाम–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको असार १८ गते बिहान हत्या भएपछि फरार रहेका जनकपुर–२१ कुर्थाका ४८ वर्षीय महासेठलाई मंगलबार जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार घरसारी विवादकै कारण महासेठले ससुराको पेटमा चार पटक छुरा प्रहार गरेका थिए।

पक्राउ परेका महासेठलाई प्रहरीले छुरासहित सार्वजनिक गरेको छ। मृतक बासुदेव साह जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन्। महासेठमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

21
Shares
२५ असार २०८२, बुधबार १३:५४