बिहानदेखि हेवाखोलामा पानीको बहाव घटेको छ । ठूलो बाढी आएमा यस खोलाको माथिल्लो भागमा रहेका हाइड्रोपावरहरूले पूरै पानी खोलातिरै लगाइदिने र बाढी कम भएपछि पुनः हाइड्रोपावरतिर फर्काउने भएकाले पानी बढ्ने घट्ने भइरहने गरेको छ ।
हाइड्रोपावरको सहयोगमा चारवटा पेनस्टक पाइप राख्ने तयारी छ । तारजाली लगाउने संरचना बनाउने काम मंगलबारदेखि सुरु गरिएको थियो । तर बाढीले ती सबै संरचना भत्काएको मिश्रले बताए । बेलिब्रिज निर्माण अनिश्चित भएपछि नियमित सवारी सञ्चालनका लागि पेनस्टक राख्ने तयारी गरिएको हो ।वर्षा कम भई खोलामा बाढी नआए एक सातामा पेनस्टक राखिसक्ने योजना रहेको मिश्रले बताए । भारतीय कम्पनीले सामग्री नपठाएका कारण बेलिब्रिज निर्माणको काम अलपत्र परेको छ । सडक डिभिजन कार्यालयले चाँडै निर्माणका लागि सामग्री ल्याउने प्रयास भइरहेको जनाएको छ ।