अर्यालसहित हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्व डीन प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो । उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाको लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।
बरालले दिएको राजीनामा ओलीले गत चैत २८ गते स्वीकृति गरेका थिए । वर्तमान सरकार तथा पदाधिकारीबाट काम गर्न गाह्रो भएको भन्दै बरालले राजीनामा दिएका थिए ।त्रिविवि उपकुलपतिमा दीपक अर्याल नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति सिफारिस समितिले असार २३ गते अर्यालसहित ती जनाको नाम सिफारिस गरेको थियो ।