काठमाडौं । देशका विभिन्न स्थानमा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

काठमाडौंको टोखा नगरपालिका–६ मा स्कुटर र ईभी माइक्रो ठोक्किँदा सर्लाहीका २४ वर्षीय सोनाम योन्जनको ग्राण्डी अस्पतालमा मृत्यु भयो। प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ।

कैलालीको घोडाघोडी–५ डोकेबजारमा दुई मोटरसाइकल ठोक्किँदा २३ वर्षीय नोयल कठरिया गम्भीर घाइते भए। उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भयो। दुर्घटनामा अन्य ३ जना घाइते छन्, जसमा एकजनाको अवस्था गम्भीर छ।

उदयपुरको बेलका नगरपालिका–८ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङका ३२ वर्षीय अनिल राजवंशीको उपचारका क्रममा मृत्यु भयो।

काभ्रेको नमोबुद्ध–२ मा बस र मोटरसाइकल ठोक्किँदा २३ वर्षीय पासाङ तामाङ र २२ वर्षीय विजय तामाङको धुलिखेल अस्पतालमा मृत्यु भयो। बस चालक फरार छन्।

चितवनको रत्ननगर–३ मा बसले ठक्कर दिँदा साइकल यात्री ५५ वर्षीय बाबुराम महतोको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सबै दुर्घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

7
Shares
२५ असार २०८२, बुधबार १३:३८