न स्वर्ग न नर्क
केही छैन यस लोकमा
जिउनु यहीँ छ मर्नु यहीँ छ
नहुनु पर्ने हो मोह कुनै थोकमा ।
जिन्दगीको रित नै हो
समस्याहरु उत्रन्छन डुब्छन्
औषधि केवल प्रित हो
सब पुण्य सब पाप
सांसारिक माया यस कोखमा
जिउनु यहीँ छ मर्नु यहीँ छ
नहुनु पर्ने हो मोह कुनै थोकमा ।
मृत्यु त तितो सत्य हो
कसैले छेक्न सक्दैन
तर किन हो यो मानव
लालची हुन छोड्दैन
रित्तो हात रित्तो शरीर
बिलाउनु छ यस धर्तीमा
जिउनु यहीँ छ मर्नु यहीँ छ
नहुनु पर्ने हो मोह कुनै थोकमा ।