गाजामा युद्धविरामसम्बन्धी सम्झौता नजिकिँदै गर्दा ह्वाइट हाउसमा मंलबार बेलुका भेटवार्ता भएको वासिङट्न पोस्टले जनाएको छ । राष्ट्रपति ट्रम्पले यो भेट गाजाको विषयमा विशेष छलफलका लागि भएको बताएका छन् ।
सोमवार पनि दुई नेताबीच भएको रात्रिभोज भएको थियो । दोस्रो बैठकबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन ।राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विटकोफले इजरायल र हमासबीच रहेका चार विवादमध्ये तीन टुङ्गिएको र अब एक मात्र बाँकी रहेको जानकारी दिएको जनाइएको छ ।
उनले यो हप्ता ६० दिनको अस्थायी युद्धविराम सहमति हुन सक्ने आशा व्यक्त गर्दै, १० जना जीवित बन्धक र ९ जना मृतक इजरायली फिर्ता ल्याइने बताएका छन् । तर युद्धको समाधान हुनेमा आशङ्का कायमै छ ।सन् २०२३ अक्टोबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसपछि दुई पक्षबीच तनाव बढेको थियो ।