काभ्रेपलाञ्चोक । मंगलबार रातिदेखि परेको अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका-९ पिन्थलीबेशी, फेदीखोला र रोशी-७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरी निरीक्षक कार्कीका अनुसार फेदीखोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी रहेको जानकारी दिए ।

सडक विभाग र स्थानीय रोशी गाउँपालिकाको समन्वयमा लेदो पन्छाउने कार्य भइरहेको जानकारी दिँदै अबको केही समयमा राजमार्ग संचालनमा आउने प्रहरीले जनाएको छ ।

7
Shares
२५ असार २०८२, बुधबार ०९:१४