मन्त्रिपरिषद्को सोमबार राति बसेको बैठकले उक्त निर्णय गरेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावले उखु किसानलाई अनुदान दिने निर्णय भएको बताइएको छ ।
आर्थिक वर्ष २०८१–०८२ का लागि सरकारले प्रदान गर्ने अनुदान रकम ३५ रुपैयाँ कायम गरिएको हो । सरकारले उखु किसानलाई प्रत्येक वर्ष अनुदान दिँदै आएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा पनि उखु किसानलाई अनुदान उपलब्ध गराउने बताएका थिए । उनले राष्ट्रिय अनुदान नीतिअनुसार उखु किसानले अनुदान रकम पाउने बताएका थिए।अघिल्लो आर्थिक वर्षमा उखु किसानका लागि झन्डै २ अर्ब रुपैयाँ निकास भएको थियो। कञ्चनपुर, नवलपरासी पश्चिम, बारा, रौतहट , सर्लाही, महोत्तरी, सिराहा र सुनसरी जिल्लाका उखु किसानले पाउनुपर्ने रकमका लागि १ अर्ब ४५ करोड ३२ लाख २१ हजार ८ सय ६८ रुपैयाँ सम्बन्धित जिल्लालाई पठाएको थियो।