काठमाडौं । चिकित्सकको आन्दोलन स्थगित भएको छ । सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलत स्थगित भएको हो । स्वास्थ्य मन्त्रालयमा मंगलबार राति वार्ता भएको थियो । वार्ताबाट सहमति भएपछि संघले आन्दोलन फिर्ताको निर्णय लिएको हो । चिकित्सकहरूको माग सम्बोधन गर्न सरकार विद्यमान कानुन र नीतिगत व्यवस्थामा आवश्यक कानुन संशोधन गर्न तयार भएको छ ।

सरकारले त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने र उक्त कार्यदलले ७ दिनभित्र प्रतिवेदन पेस गर्ने विषय सहमतिमा उल्लेख छ । कार्यदलले बुझाएको प्रतिवेदनलाई पुनः वार्ता टोलीमा छलफलका लागि ल्याइने र कार्यान्वयनमा लगिने भएको छ ।

सहमतिसँगै आन्दोलनरत चिकित्सकहरूले आन्दोलन स्थगित गरेका छन् । आन्दोलन स्थगित भएपछि सबै स्वास्थ्य संस्थाका सेवा सुचारु हुने भएको छ ।
7
Shares
२५ असार २०८२, बुधबार ०६:५४