काठमाडौंमा पत्रकार सम्मेलन गरेर गौरीशंकर राम नाम गरेका व्यक्तिले आफू भारतबाट इँटाभट्टाको पैसा लिन आउँदा बम विस्फोटमा परेर घाइते भएको बताएका थिए। उनले घटनास्थलबाट भागेर ज्यान जोगाएको दाबी पनि गरे। तर, यसअघि नै उनको अर्को भिडियो सार्वजनिक भइसकेको थियो, जसमा उनले सांसद किरण साह र प्रहरी अफिसरहरूले जबरजस्ती बयान दिन बाध्य पारेको भनेका छन्।

गौरीशंकर राम मात्र होइन, अरु दुई साक्षीले पनि अदालतमा प्रहरी र सांसदले खाली कागजमा बलजफ्ती हस्ताक्षर गराएको बताए। उनीहरूको भनाइ अनुसार, अदालतमा प्रस्तुत गरिएको प्रतिवेदन जबर्जस्ती तयार पारिएको हो भन्ने प्रमाणहरू अदालती कागजातमा पनि छन्। यिनै साक्षीलाई एमाले नेता शैलेन्द्र साहले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए भने किरण साहले संसदमा प्रश्न उठाएका थिए।

पूर्वमन्त्री अफताब आलमलाई दोषी देखाउने प्रयास भइरहेका बेला न्यायाधीशहरूमाथि दबाब र अनुसन्धानको दायरा बढाइएको छ। आलमका छोरा डा. रजिक आलमले सत्यलाई तोडमोड गरी प्रचार गरिएको भन्दै पीडा व्यक्त गरेका छन्। उनले प्रमाण देखाउने होइन, बनाउने काम भइरहेको आरोप लगाएका छन्। घटनाले राजनीतिक प्रतिशोध र कानुनी प्रक्रियाबीचको द्वन्द्व झनै गहिरिएको संकेत देखिएको छ।

21
Shares
२४ असार २०८२, मंगलवार १७:३१