सदस्यता व्यवस्थापन समितिले यसअघि असार मसान्तसम्मको समय तोकेको थियो । उक्त अवधिभित्र नवीकरणको कार्य सकिने अवस्था नबनेपछि थप तीन महिना बढाइएको हो ।
‘असारमा क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोकिएको छ,’ केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘सो अवधिभित्र पेश नभएका नवीकरण सम्बन्धी नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) गरिने छैन ।’नेताहरुका अनुसार हालसम्म पूर्व निर्धारित समय अनुसार नवीकरणको काम सक्ने जिल्ला न्यून छन् । क्रियाशील सदस्यता नवीकरणको कार्य सक्ने पहिलो जिल्ला गोरखा भएको छ भने प्रतिनिधि सभा क्षेत्रतर्फ काठमाडौं–४ पहिलो बनेको छ ।